देशभरका ९० शाखाबाट कृषि विकास बैंकले आजदेखि दियो सेवा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
देशभरका ९० शाखाबाट कृषि विकास बैंकले आजदेखि दियो सेवा

काठमाडौं । कृषि विकास बैंकले आम ग्राहकलाई बिहिबार देशभरका ९० वटा शाखाबाट बैंकिङ सेवा उपलब्ध गराएको छ । बैंकले प्रत्येक जिल्लामा कम्तिमा एउटा शाखाबाट सेवा प्रदान गर्ने रणनीति अनुसार बिहीबार देशभरका ९० शाखाबाट सेवा प्रवाह गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । 

‘बैंकले काठमाडौं उपत्यका सहित देशभरका ९० शाखाबाट बिहान ११.०० बजेदेखि १.३० बजेसम्म सेवा दिएका हौं,’ उनले भने ‘उपत्यकामा महाराजगञ्ज, कोटेश्वर, लगनखेल र रामशााह पथको कर्पाेरेट कार्यालयबाट सेवा दिइएको हो ।’ फाटफुट ग्राहक आएको उनले बताए । ‘ग्राहकको चाप अनुसार थप शाखा खोल्दै लैजान्छौं,’ उलने थपे ‘प्रदेश र स्थानीय सरकारका साथै सीडीओ कार्यालयको समन्वयमा बैंक खुलाएका हौं।’

बैंकले इलेक्ट्रोनिक पेमेन्टबाट कारोबार गर्न आम ग्राहकलाई अनुरोध पनि गरेको छ । बैंकले मोबाइल बैंकिङ, आईपीएस, स्मार्ट कार्ड तथा एटिएमबाट सेवा लिन आम ग्राहकलाई आग्रह समेत गरेको छ । यसले ग्राहक र सेवाप्रदायक दुबैलाई जोखिमबाट बचाउने प्रवक्ता पौडेलको भनाइ छ । 
 विकास बैंकले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आफ्ना शाखाहरु खोलेको थियो । बैंकले लक डाउन अवधीभर स्थानीय प्रशासनसँग समन्वय गरेर बैंकिङ सेवा प्रदान गर्ने नीति लिएको छ । आफ्ना ग्राहकलाई अत्यावश्यक सेवा प्राप्तीका लागि बैंकिङ सेवाले सहयोग गर्नुपर्छ भन्ने नीति अनुसार अधिकतम शाखा सञ्चालनको योजना बनाएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । उनले आफ्ना कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई समेत ध्यानमा राखेर विशेष सावधानीपूर्वक सेवा सञ्चालन गरेको समेत बताए । 

Read More
  • MBL