बैंकहरुले कर्जाको सावाँ ब्याज चैतसम्म असुली नगर्ने



Financial Notices

काठमाडौं । अर्थमन्त्रीको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकोले कोरोनाको संक्रमणका कारण प्रभावित सबै बैंक तथा वित्तीय संस्था (ग्रैह कैंकिङ संस्था समेत) हरुले कोरोना प्रभावित व्यवसायहरुको कर्जाको साँवा व्याज असुली सम्बन्धी कार्य हालका लागि चैत्र मसान्तसम्म स्थगन गर्ने, नोटलाई संक्रमण रहित बनाउन अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

यस्तै, सहुलियतपूर्ण ऋण प्रवाहलाई सहज बनाउन, कर्जा पहुँच बढाउन, नगद रहित कारोबारलाई प्रोत्साहित गर्न विद्युतीय उपकरण प्रयोग गर्दा भुक्तानी गर्नु पर्ने शुल्कमा छुट दिन तथा न्यूनतम शुल्क लिन लगाएतका अन्य महत्वपूर्ण  निर्णय कार्यन्वयन गर्न अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको हो।

निर्णयहरुः
१. विश्वव्यापी रुपमा फैलिरहेको COVID-19 संक्रमणबाट सजग रहन र सतर्कता अपनाई बैंकिङ्ग, बीम, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धी न्युनतम सेवाहरुलाई सम्वन्धित नियकायहरुले निरन्तरता दिने । साथै कुन कुन सेवा कुन क्षेत्रबाट दिने हो सो को सन्चार माध्यामबाट सेवाग्राहीलाई जानकारी गराउने ।

२. संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकोले कोरोनाको संक्रमणका कारण प्रभावित सबै बैक् तथा वित्तीय संस्था (ग्रैहबैकिङ्ग वित्तीय संस्था समेत) हरुले कोरोना प्रभावित व्यवसायहरुको कर्जाको साँवा ब्याज असुली सम्बन्धी कार्य हालका लागि चैत्र मसान्तसम्म स्थगत गर्ने ।

३. बैंक तथा वित्तीय संस्थाहरुबाट प्रभाव भएको कर्जाको वर्गीकरण तथा व्यवस्था (Provisioning) गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्रि बैंकले आवश्यक व्यवस्था मिलाउने ।

४. बैंक तथा वित्तीय संस्थाहरुले नगत रहित कारोबारलाई प्रोत्साहन गर्न अवलम्वन गरिने विभिन्न विद्युतीय उपकरणको प्रयोग गर्दा भुक्तानी गर्नुपर्ने दस्तुरमा छुट दिने वा त्यस्तो शुल्क न्यूनतम कायम गर्ने व्यवस्था नेपाल  राष्ट्रि बैंक र सम्वन्धित बैंक तथा वित्तीय संस्थाले मिलाउने ।

५. बैंकहरुको काउन्टरमा जम्मा हुने आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमण रहित (Dissinfectant) गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था नेपाल राष्ट्रि बैंक र सबै बैंक तथा वित्तीय संस्थाहरुले मिलाउने ।

६. कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारमा प्रयोग हुने स्वास्थ्य सोव विभागले सूचीकृत एवं सिफारिस गरेको Medical Supply र Meidical Equipment हरु आयतमा टि.टि. को माध्यमबाट आयत गर्दा हाल कायम रहेको विदेशी मुद्राको सीमा लागु नहुने व्यवस्था नेपाल राष्ट्रि बैंकले मिलाउने साथै सो सम्वन्धी अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री, स्वस्थ्य उपकरण प्रतिपत्रको माध्यमबाट पैठारी गर्दा राख्नुपर्ने धरौटीको रकमको सम्बन्धमा नेपाल राष्ट्रि बैंकले पुनर्विचार गरी सहजीकरण गर्ने ।

७. अति आवश्यक वस्तुहरुके आपूर्तिलाई सहज बनाउन सबै प्रकारका सहयोग र सहकार्यमा सबै बैंक तथा वित्तीय संस्थाहरुले सहयोग गर्ने र यस कार्यम सहजीकरण नेपाल राष्ट्रि बैंकले गर्ने ।

८. बैंकिङ्ग प्रणलीमा तरलताको अभाव हुन नदिन अर्थ मन्त्रालयले भुक्तानी गर्न बाँकी रकम सरल र सहज तरीकाले भुक्तानी गर्ने साथै नेपाल राष्ट्रि बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने पुनकर्जा कोष्को समेत उपयोग गरी तरलता व्यवस्थापन गर्ने ।

९. आन्तरिक आपूर्ति व्यवस्थालाई सुदृढ गर्न मुलुकभित्र छिटो उत्पादन गर्न सकिने साना तथा मझौला उत्पादक तथा सेवा उद्योगलाई प्रभाव भईरहेको सहुलियतपूर्ण ऋणलाई अझ प्रभावकारी बनाउन कर्जाम पहुँच बढाउने र सरकारले प्रदान गर्दै आएके व्याज र बीमा प्रिमियम अनुदानको लागि आवश्यक रकम अर्थ मन्त्रालयको सुनिश्चत गर्ने ।

Read More
  • Financial Notices