सिटिजन्स बैंकको पाँचौ साधारणसभा स्थगित


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको पाँचौ साधारणसभा स्थगित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाँचौ विशेष साधारणसभा स्थगित भएको छ । चैत १० गतेका दिन हुने भनिएको पाचौं विशेष साधारण सभा विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशनको कारण बैंकले साधारणसभा स्थगित गरेको हो । 

बैंकको संचालक समितिको बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारण सभा हाललाई स्थगित गरिएको बैंकले जनाएको छ । यसवाट शेयर धनीलाई पर्न गएको असुविधा प्रति बैंक क्षमा पनि मागेको छ । 

बैंकले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा एटिएम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Read More
  • EBL Ad news