सहयोगी विकास बैंककाे साधारण सभा स्थगित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सहयोगी विकास बैंककाे साधारण सभा स्थगित

काठमाडौं - सहयोगी विकास बैंक लिमिटेडकाे साधारण सभा  स्थगित भएकाे छ ।
बैंककाे हिजाे (चैत्र ८ गते, शनिबार) बसेकाे सञ्चालक समितिकाे बैठकले हाल संसारभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलकाे संयाेजकत्वमा गठित Covid-19 संक्रमण, राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे चैत्र ५ गते बसेकाे बैठकले गरेकाे निर्णय बमाेजिम उक्त राेगबाट संक्रमण भई नफैलियाेस् भनेर एकैठाउँमा २५ जना भन्दा धेरै व्यक्ति भेला हुन बन्द गरिने निर्णय भए बमाेजिम बैंककाे १६औँ वार्षिक साधारण सभा स्थगित गरेकाे हाे ।
बैंककाे फागुन १७ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १६औँ वार्षिक साधारण सभा चैत्र १० गते साेमबार होटल मानकि इन्टरनेशनल, जनकपुर, धनुषामा गर्ने तय भएकाे थियाे ।
त्यसैगरी, अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरिएकाे बैंकले जनाएकाे छ ।

Read More
  • MBL - below news