अर्को निर्णय नभएसम्म वोमीको शेयर कारोबार रोक्का, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न लघुवित्तलाई पत्र



Mero Lagani

 

नेप्सेले वोमी लघुवित्त वित्तीय संस्थालाई तीन कार्य दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको जनाएको छ। लघुवित्तको शेयर मूल्य समायोजनमा गल्ती भएपछि नेप्सेले बुधवार सम्ममा स्पष्टीकरण माग गर्दै सोमबार नै पत्र काटेको हो।

लघुवित्तले नेप्सेलाई पठाएको पत्रमा १० प्रतिशत बोनस भन्ने कहीँ उल्लेख नगरिएको भन्दै लघुवित्त कम्पनीसँग स्पष्टीकरण माग गरेको हो।चित्त बुझ्दो जबाफ आए मात्रै उसको कारोबार खोल्ने नेप्सेको भनाई छ।सोही कारण अर्को निर्णय नभएसम्मको लागि लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो ।

लघुवित्तले नेप्सेलाई पठाएको पत्रमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो तर उक्त लाभांश गत असार मसान्तसम्मको पूँजी अनुसार थियो। नेप्सेले भने लघुवित्तले पठाएको पत्रमा १० प्रतिशत भन्ने कतै उल्लेख नभएकोले २५ प्रतिशत बोनसमै शेयर मूल्य समायोजन गरिएको जनाएको छ।

आइतबार लघुवित्तले लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले २५ प्रतिशत बोनस अनुसार लघुवित्तको शेयर मूल्य समायोजन गरी नयाँ शेयर मूल्य प्रतिकीत्ता ८५६ रुपैयाँ कायम गरेका थियो। शेयर मूल्य समायोजनमा गल्ती भएपश्चातका सबै कारोबारहरू रद्द भइसकेको छ।

Read More
  • Financial Notices