समायोजनपश्चात भएका वोमीको कारोबार रद्द हुने, मंगलबार पुनः समायोजन गरि शेयर काराेबार खुल्ने



Mero Lagani

वोमी माइक्रोफाइनान्स (WOMI) को मूल्य समायोजनपश्चात भएका कारोबारहरु सबै रद्द हुने भएको छ। मूल्य समायोजनमा गल्ति भएपनि कारोबार भएका कारण सो कारोबारहरु रद्द गरिने नेप्सेले बताएको छ।

गलत समायोजनका कारण अन्योलता सिर्जना भएपछि नेप्सेले चैत ३ गते सोमबार कम्पनीको शेयर कारोबार रोक्का गरेका छ।

अब मंगलबार लघुवित्तको शेयरमा नयाँ समायोजन गरी कारोबार खोलिने नेप्सेले जनाएको छ। शेयरमूल्य समायोजनपश्चात हालसम्म भएको कारोबार भने रद्ध हुने नेप्सेले जनाएको छ।

    के भएको थियो?

आइतबार लघुवित्तले लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य प्रतिकीत्ता ८५६ रुपैयाँ कायम गरेका थियो। लघुवित्तले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव  गरेकाे थियाे तर उक्त लाभांश गत असार मसान्तसम्मकाे पूँजी अनुसार थियाे।

लघुवित्तले असार मसान्तसम्म कायम पूँजी अनुसार लघुवित्तको बोनस २५ प्रतिशत भएपनि हालको पूँजी अनुसार १० प्रतिशत मात्र हो। नेप्सेले उक्त १० प्रतिशत शेयरमा शेयरमूल्य समायोजन गर्नुपर्नेमा आइतबार २५ प्रतिशत बोनसमा शेयरमूल्य समायोजन गरेको हो।

Read More
  • Financial Notices