गुडविल फाइनान्सको ऋणपत्रमा माग भन्दा ३.१४ गुणा बढी आवेदन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गुडविल फाइनान्सको ऋणपत्रमा माग भन्दा ३.१४ गुणा बढी आवेदन

 काठमाडौं : बाणिज्य बैंकहरुलाई ऋणपत्र बिक्री गर्न हम्मेहम्मे परिरहेका बेला गुडविल फाइनान्सको ऋणपत्रमा भने माग भन्दा ३.१४ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार यसमा १ हजार २३ जना आवेदकबाट ३१ करोड ४२ लाख ५१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो सर्वसाधारणतर्फको आवेदन हो ।

यसमा ब्याजदर आकर्षक भएकाले पनि लगानीकर्ताको उत्साह बढेको अनुमान छ । गुडविलले फागुन २८ गतेबाट चैत २ गतेसम्म २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमा १ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिने व्यवस्था रहेको थियो ।
 
बाँकी १ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको हो । यस ऋणपत्रमा वार्षिक १२% ब्याज रहेको छ । कम्पनीले ७ वर्ष अवधिको ‘१२% गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो ।

Read More
  • MBL - below news