वोमी माइक्रोफाइनान्सका लगानीकर्ता यसरी फसे



Aarthik News

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको आइबार शेयर खरिद गर्ने लगानीकर्ता ठगीएका छन् । वोमीको २०७५ असार मसान्तसम्ममा चुक्ता पुँजी १० करोड १०लाख ८८ हजार रुपैयाँ रहेको थियो । संस्थाको सतप्रतिशत हकप्रद शेयर र नागरिक लघुवित्तसँग मर्जपपछि कम्पनीको चुक्ता पुँजी २५ करोड २५ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको सञ्चालक समितिले हकप्रद र नागरिक लघुवित्तका लगानीकर्तालाई पन्छाउँदै १० करोड १० लाख ८८ हजार चुक्ता पँुजीलाई नै आधार मानेर बोनस दिने प्रस्ताव पास गर्यो ।  १० करोड १० लाख ८८ हजार चुक्ता पँुजीलाई नै आधार २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पेश गर्यो र चैत्र १६ गते हुने साधारणसभाका लागि २९ गते बुक क्लोज समेत गरेको छ । तर, उक्त बोनसपश्चातको  मुल्य समायोजनमा पनि १० करोड १० लाख ८८ हजार चुक्ता पँुजीकै आधारमा मुल्य समायोजना समेत गरेको छ । कम्पनीले आम लगानीकर्तालाई चुक्ता पुँजी २५ करोड २५ लाख रुपैयाँ वा १० करोड १० लाख ८८ हजार चुक्तापुँजीका आधारमा बोनस २५ प्रतिशत प्रस्ताव गरेको भन्ने भ्रममा पारिरहेको छ । 

 साधारणसभाका लागि गरिएको मुल्य समायोजनले आम लगानीकर्तामा अन्यौलमा  परेको छ । कम्पनीले १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीका आधारमा बोनस वितरण गरेको भए (२ करोड ५२ लाख ७२ हजार रुपैयाँ) को २५ प्रतिशत भनेको भए नागरिक लघुवित्त र हकप्रद भर्ने लगानीकर्ताले उक्त कम्पनीको बोनस शेयर नपाउने ? कम्पनीको सञ्चालक समितिले नेपाल स्टक एक्स्चेञ्ज र राष्ट्र बैंकमा पठाएको सूचनामा २५ प्रतिशत लाभांश भनेर पाएको छ ।  तर, बजारमा भने बोनस दर १० वा २५ प्रतिशत कुन हो भन्ने भ्रम फैलिएको  छ । 

...

Read More
  • Financial Notices