वोमी लघुवित्तको मूल्य समायोजनमा नेप्सेको गम्भीर लापरवाही, कम्पनीलाई देखाएर उम्कने प्रयास



Bizpati

नेपाल स्टक एक्सचेन्ज नेप्सेले वोमी लघुवित्तको शेयर मूल्य समायोजन गर्दा लापरवाही गरेको पाईएको छ । नेप्सेले शुक्रबार कम्पनीको २५ प्रतिशत बोनसमा मूल्य समायोजन गरेको हो । समायोजनपछि मूल्य ८५६ तोकिएको र आज आइतबार सोहि मूल्यबाट कारोबार भएको हो ।

नेप्सेले २५ प्रतिशतमा बोनस शेयरमा मूल्य समायोजन गरेपनि कम्पनीले घोषणा गरेको लाभांश भने १० प्रतिशत मात्र हो । यस हिसाबमा नेप्सेले १० प्रतिशत बोनसमा मात्र मूल्य समायोजन गर्नु पर्ने थियो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले कम्पनीले हाल कायम चुक्ता पुँजीको  १० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको र त्यहि प्रस्ताव आगामी साधारणसभामा लैजान लागेको बताए । उनले हाल कम्पनीको चुक्ता पुँजी  २५ करोड २५ लाख रहेको र त्यसको १० प्रतिशत बोनस प्रस्ताव गरिएको बताए । 

उनले भने 'वितरण गर्न लागिएको कुल बोनस २ करोड ५२ लाख ७२ हजार हो, असार मसान्तसम्म कायम पुँजी १० करोड १० लाखलाई आधार मान्दा यो १० प्रतिशत लाभांश हो , हालको पुँजी २५ करोड २५ लाख पुँजीलाई आधार मान्दा यो १० प्रतिशत मात्र हो' । कम्पनीले नेप्सेलाई पठाएको पत्रमा यहि उल्लेख छ। 

Read More
  • Financial Notices