सिटिजन्स बैंकको ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालन, ५ लाखसम्मको बिमा सुविधा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालन, ५ लाखसम्मको बिमा सुविधा

काठमाडौं– सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाताको शुभारम्भ गरेको छ ।

रु ५,००० मा खाताखोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५०% को उच्च  ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बिमाको लाभसमेत प्राप्त गर्न सक्ने जानकारी गराईन्छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू ५० हजारको स्वास्थ्य बिमा (अस्पतालभर्ना खर्च) र रू ५ लाख सम्मको दुर्घटना मृत्यु बिमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ । 

साथै, शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५०% ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापनको लागि अत्यन्तै फलदायीहुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति रू २५ हजारको स्वास्थ्य बिमा (अस्पतालभर्ना खर्च) र रू ३ लाख सम्मको दुर्घटना मृत्यु बिमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराईने छ ।

Read More
  • EBL Ad news