लाभांश पूर्जा तथा बोनस लिन हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्टको अनुरोध



Aarthik Abhiyan

फागुन २९, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीले आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ र २०७५/०७६ को नगद लाभांश पूर्जाहरु तथा आव २०७४/०७५ को बोनस लिन शेयरधनीहरुलाई बोलाएको छ । 

कम्पनीले बिहीवार सूचना प्रकाशित गरी यथाशिघ्र आवश्यक कागजात सहित कम्पनीको शेयर रजिष्ट्रारमा निवेदन पेश गरेर आफ्नो लाभांश पूर्जा लगायत बोनस शेयर लिन अनुरोध गरेको हो । 

साथै, आर्थिक वर्ष २०७४/०७५ को बोनस शेयर हितग्राही खातामा र नगद लाभांश हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा आईपीएस मार्फत जम्मा भइरहेको हुँदा हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

Read More
  • Financial Notices