सिन्धु विकास बैंकको त्रुटि, एजीएमले पारित गरेको लाभांश दर यसकारण घट्यो



Nepali Paisa

काठमाडौं : सिन्धु विकास बैंंकको सानो कमजोरीले गर्दा सम्बधित सेयरधनीलाई केही घाटा हुने भएको छ । बैंकको गत माघ १७ गते बसेको वार्षिक साधारण सभाले पारित गरिसकेको ११.५१% बोनस दरमा बैंकको कमजोरीले न्यून मात्रामा घट्ने भएको छ । अब बैंकका सेयरधनीले ११.४८% मात्र बोनस सेयर पाउने भएका छन् । यो सामान्य मात्र परिमार्जन हो । बोनसमा लाग्ने करबापत छुट्याइएको रकम अपुग भएपछि अब बोनस सेयरबाटै पूर्ति गर्नुपरेपछि बोनस दरमा सामान्य कमी आउन गएको हो । 
 
सिन्धुले बुधबार (फागुन २८ गते) एक सूचना प्रकासित गरी यसअघि घोषणा गरिएको बोनस सेयरमा लाग्ने करमा केही त्रुटी भएकाले त्यसलाई बोनस सेयरबाट पूर्ति गर्नुपर्ने जनाएको छ । यसअघि बोनस सेयरमा लाग्ने करका लागि २८ लाख ७८ हजार ६३४ रुपैयाँ छुट्याईएकोमा त्यो अपुग हुने भएपछि अब बैंकले ३० लाख २२ हजार ५६५ रुपैयाँ छुट्याउनुपर्ने भएको छ ।

यस्तै, यसअघि बैंकले ६ करोड ४ लाख ५१ हजार ३१६ रुपैयाँ बराबरको रकम बोनस सेयर वितरण गर्ने बताएकोमा अब घटेर ५ करोड ७४ लाख २८ हजार ७५० रुपैयाँ बराबरको बोनस वितरण हुने भएको छ । सिन्धुले लाभांश वितरण सम्बनधी प्रस्ताव साधारण सभाबाट समेत पारित गरिसकेको छ । राष्ट्र बैंकको निर्देशनपछि बोनसमा सामान्य परिमार्जन भएको हो । 

Read More
  • Financial Notices