गुडविल फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, वार्षिक १२ प्रतिशत ब्याज पाइने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
गुडविल फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, वार्षिक १२ प्रतिशत ब्याज पाइने

गुडविल फाइनान्स लिमिटेड (GFCL) ले आज (फागुन २८ गते बुधबार) देखि वार्षिक १२ प्रतिशत ब्याजदरमा २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दैछ। फाइनान्सले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये १५ करोड रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १ करोड रुपैयाँ बराबरको १ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ। सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

७ वर्ष अवधि रहेको सो ऋणपत्रमा फाइनान्सले वार्षिक १२ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्ने फाइनान्सले जनाएको छ।

Read More
  • MBL - below news
  • EBL Ad news