आइएमई जनरलको साधारणसभा : लाभांश बढाउन संचालकलाई शेयरधनीको दबाब !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आइएमई जनरलको साधारणसभा : लाभांश बढाउन संचालकलाई शेयरधनीको दबाब !

काठमाडौं– आइएमई जनरल इन्स्योरन्स लिमिटेडले २२ औं वार्षिक साधारणसभा (आज) शनिबार लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न गरेको छ ।
वार्षिक साधारणसभाले सामन्य प्रस्वात र विशेष प्रस्तावहरु पारित गरेका छ । सभाले संचालक समितिबाट प्रस्ताव भएको बमोजिमको रकम ३२ लाख २२ हजार ९ सय ४६ र पैसा ३७ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।
आइएमई जनरलको संचालकमा यी ५ जना निर्वाचित, महिलाको उम्मेदवारी नै परेन
त्यसै गरी साधारणसभामा विशेष प्रस्तावमा कम्पनीको हालको चुक्ता पुँजीको ६ प्रतिशत शेयर जारी गर्ने, कम्पनीको जारी तथा चुक्ता पूँजीको अनुपात संस्थापक शेयरधनी समह तर्फ ८० प्रतिशत  र सर्वसाधारण शेयरधनी समूह तर्फ २० प्रतिशत रहेकोमा सो संसोधन गरी संस्थापक शेयरधनी समूह तर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनी समूह तर्फ ४० प्रतिशत कायम गर्ने गरी प्रबन्धक पत्रको दर्फा ७ (क)  संसोधन गर्ने, कम्पनीको नियमावलीको नियम ६ क (१) संसोधन गर्ने र संशोधन प्रबन्धपत्र तथा नियमावली अभिलक गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।

Read More
  • MBL