सिटिजन्स बैंकको नयाँ शाखा डोल्पाको जुफालमा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको नयाँ शाखा डोल्पाको जुफालमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा पूजा पाठ गरी डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको हो । 

नेपाली जन माझमा आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखा विस्तार गरेको हो । 

नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने उद्देश्यका साथ डोल्पाको जुफाल शाखा विस्तार गरेको कुरा बैंकले जानकारी प्रदान गरेको छ ।

यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना,घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

Read More
  • EBL Ad news