भोजपुर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री बिद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।
विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरेको हो । विद्यार्थी दिवा खाजाको तयारीका लागि आवश्यक पर्ने भाँडाकुडा तथा अन्य सामग्रीहरु उपलब्ध गराएको छ । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ ।
विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन विभिन्न कामहरु गर्दै आएको छ ।
नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।







