काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” फागुन २० गते(आज)देखि निश्कासन गरेको छ ।
त्रैमासिक ब्याज भुक्तानी भएको ऋणपत्र दश(१०) वर्षको अवधिका लागि निष्काशन गरेको हो ।
ऋणपत्रमा छिटोमा फागुन २३ र ढिलोमा चैत ४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ९.७० लाख युनिट खरीदका लागि आवेदन दिन सकिनेछ ।
रु.२ अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र रु.१,००० अंकित मूल्यका २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीका लागि सार्वजनिक गरिएको हो ।








