ग्लोबल आइएमई समुन्नतको लगानी मूल्य लागत मूल्यभन्दा बढी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ग्लोबल आइएमई समुन्नतको लगानी मूल्य लागत मूल्यभन्दा बढी

फागुन १५, काठमाडौं । माघ महीनाको अन्त्यसम्म ग्लोबल आइएमई समुन्नत योजनाको लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी भएको छ । यस अवधिसम्म यस योजनाले ब्रोकर कमिशन सहित रू. ८५ करोड २५ लाख ३८ हजार लगानी गरेकोमा यसको बजारमूल्य रू. ८५ करोड ४५ लाख ६२ लाख कायम भएको छ । यो मूल्य पुस महीनामा रू. ८८ करोड ८१ लाख ९६ हजार रहेको थियो । पुस महीनाको तुलनामा माघ महीनामा बजारमूल्यमा कमी आएको छ ।

प्रतिशेयर खुद मूल्य पुस महीनामा रू. ९ दशमलव २७ रहेकोमा माघ महीनामा रू. १० दशमलव शून्य ४ पुगेको छ । पुस मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा यस योजना रू. ६ करोड १७ लाख ८२ हजार घाटामा छ । पुस महीनाभन्दा माघ महीनामा घाटा भने कम गरेको छ । पुस मसान्तसम्म योजनाको घाटा रकम रू. १३ करोड ९१ लख ९ हजार रहेको थियो ।

Read More
  • MBL