रिलायन्स फाइनान्सको सिइओ अनिल श्रेष्ठको तलव/भत्ता ३२ लाख, कर्मचारी खर्च बढेर ५ करोड



Artha Sansar

 काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडको  प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले गत आर्थिक वर्षमा तलव/भत्ता वापत ३२ लाख ५४ हजार ७८४ रुपैयाँ बुझेका छन् ।  फाइनान्सको  प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अनिल श्रेष्ठ रहेका छन् ।
त्यसै गरी फाइनान्सको अन्य पदाधिकारीहरुले तलव /भत्ता ५५ लाख ९९ हजार ४२५ रुपैयाँ   बुझेका छन् । आर्थिक वर्ष ०७५/०७६मा फाइनान्सको कर्मचारी खर्च बढेर  ५ करोड ३४ लाख २८ हजार ४२६ रुपैयाँ पुगेको छ ।  आर्थिक वर्षमा ७४/०७५ मा ४ करोड ५१ लाख ४९ हजार ५०२ रुपेयाँ रहेको थियो ।
त्यसै गरी फाइनान्सको कार्यालय खर्चमा ४ करोड ३ लाख ७१ हजार ९३९ रुपैयाँबाट बढेर आर्थिक वर्ष ०७५/७६ मा ४ करोड ५० लाख ७२ हजार २३० रुपैयाँ पुगेको छ ।

Read More
  • Financial Notices