सेयर बजारमा रेकर्ड ब्रेक, नेप्से परिसूचक ५.९३ अंकले बढेर १५९६ .१३ बिन्दुमा कायम भएको छ ।


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सेयर बजारमा रेकर्ड ब्रेक,  नेप्से परिसूचक ५.९३ अंकले बढेर १५९६ .१३ बिन्दुमा कायम भएको छ ।

बुधबार सेयर बजारमा रेकर्ड ब्रेक भएको  छ । दिनभरको तीब्र उतारचढावबीच नेप्से परिसूचक ५.९३ अंकले बढेर १५९६ .१३ बिन्दुमा कायम भएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३.३० अंकले बढेको हो । कारोबार रकममा समेत उल्लास देखिएको छ । ४ अर्ब भन्दा बढीको कारोबार भएर नेप्सेमा सेयर कारोबार रकमले रेकर्ड नै ब्रेक समेत गरेको छ । कारोबार रकममा मात्रै कारोबार संख्यामा समेत नेप्सेले रेकर्ड ब्रेक गरेको छ । दिनभर भएका ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जलृे जनाएको छ । यस अघि गत अाइतबार कारोबार रकम, कारोबार संख्या र किनबेच भएको सेयरको संख्यामा नेपालको पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कामय भएको थियाे ।

त्यसदिन ३० हजार ४ सय ५६ कारोबारबाट कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच भएको थियाे । सेयर काराेबार रकममा समेत नयाँ रेकर्ड कायम भएकाे छ । गत आइतबार तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको सेयर कारोबार भएर नयाँ किर्तिमान कायम भएको थियाे । बुधबार ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँकाे काराेबार भएर नयाँ रेकर्ड कायम भएकाे हाे ।

Read More
  • MBL