सानिमा इक्विटीको न्याभ ४४ पैसा बढ्दा कुन कम्पनीको सेयरमा सबैभन्दा धेरै लगानी ?



Nepali Paisa

काठमाडौं : माघ महिनामा सानिमा इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) पुसको भन्दा ४४ पैसाले बढेर ११ रुपैयाँ पुगेको छ । पुसमा यसको न्याभ १० रुपैयाँ ५६ पैसा थियो । सूचीकृत सेयरमा लगानी पनि गत महिना भन्दा ७.८५% ले बढेर ८९ करोड ४४ लाख २१ हजार ८७४ रुपैयाँ पुगेको छ । पुससम्ममा यस फन्डको सेयरमा लगानी ८२ करोड ९२ लाख ९७ हजार ३८ रुपैयाँ थियो । 
 
यस अवधिसम्म यसले ७१ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकमा रहेको छ । यस बैंकको ७१ हजार ५१ कित्ता सेयरमा ३ करोड ६० लाख ९३ हजार ९०८ रुपैयाँ भएको हो । बैंक मौज्दात भने ८.७८% ले घटेर २७ करोड ७ लाख २४ हजार ५०४ रुपैयाँमा झरेको छ । अघिल्लो महिना बैंक मौज्दातमा २९ करोड ६८ लाख ८ हजार ८०७ रुपैयाँ थियो । 

Read More
  • Financial Notices