फागुन १३, काठमाडौं । सहयोगी विकास बैंकको प्रस्तावित लाभांश घटेको छ ।
बैंकले गत कात्तिक १६ गते गत आर्थिक वर्ष २०७५/ ७६ को नाफाबाट १९ दशमलव ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकृतिका लागि पेश गरेकोमा नेपाल राष्ट्र बैंक १८ दशमलव ७२ प्रतिशत नगद लाभांश शेयरधनीहरुलाई दिन निर्देशन गरेको छ ।
यो लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउनेछन् ।







