त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” आगामी फागुन २० गतेदेखि बजारमा निश्कासन गर्ने भएको छ । 

त्रैमासिक ब्याज भुक्तानी भएको ऋणपत्र दश वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो ।

ऋणपत्रमा छिटोमा फागुन २३ गतेभित्र र ढिलोमा चैत ४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

रु. १००० दरका ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ९ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

रु.२ अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र रु.१,००० अंकित मूल्यका  २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीका लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने छ ।  र, बाँकी १५ लाख कित्ता ऋणपत्रले हुनआउने कुल रु. १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगततर्फ(प्राइभेट प्लेसमेन्ट)बाट बिक्री गरिने कुरा बैंकले जानकारी गराएको छ ।

Read More
  • MBL