एनआइसीले पनि खुलामुखी म्युचुअल फण्ड योजना ल्याउने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनआइसीले पनि खुलामुखी म्युचुअल फण्ड योजना ल्याउने

एनआइसी एसिया क्यापिटल NIC Asia Capital Ltd  ले पनि खुलामुखी सामुहिक लगानी योजना ल्याउने भएको छ । कम्पनीले योजना संचालनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले फागुन ६ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले एनआइसी एसिया म्युचल फण्ड अन्तर्गत संचालन हुने गरी 'एनआइसी एसिया डायनामिक डेब्ट फण्ड' नामकोखुलामुखी योजना ल्याउने भएको हो । ५० करोड आकारको हुने यस योजनामा कम्पनीले ५ करोड इकाई निष्काशन गर्ने छ ।

हाल बजारमा एउटा मात्र खुलामुखी म्युचल फण्ड संचालनमा छ । एनआईबिए एस क्यापिटलले पहिलो खुलामुखी योजना संचालन गरेको हो । एनआइसीको यो योजना बजार कै दोस्रो योजना हुने छ ।

Read More
  • MBL