काठमाडौं : सिद्धार्थ इक्विटी फन्डको माघ मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य (न्याभ) ४२ पैसाले बढेर ११ रुपैयाँ पुगेको छ । पुसमा यसको न्याभ १० रुपैयाँ ५८ पैसा थियो । माघ महिनामा यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ९४ करोड ९२ लाख ९५ हजार १८७ रुपैयाँ लगानी गरेको छ । यो पुसको तुलनामा ५.९८% ले थोरै हो । अघिल्लो महिना यसको सूचीकृत सेयरमा १ अर्ब ९६ लाख ७६ हजार ७११ रुपैयाँ लगानी थियो ।
यस अवधिमा सिद्धार्थ इक्विटीले ६७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबै भन्दा धेरै लगानी माछापुच्छे« बैंकको सेयरमा छ । यस बैंकको २ लाख ६० हजार ४१२ कित्ता सेयरमा ६ करोड ९ लाख ३६ हजार ४०८ रुपयाँ लगानी गरेको छ ।
यता माघ मसान्तसम्म यस फन्डको बैंक मौज्दात ७०.६२ % बढेको छ । पुस महिनामा २४ करोड ६६ लाख ६४ हजार २९ रुपैयाँ रहेको फन्डको बैंक मौज्दात यस महिनामा बढेर ४२ करोड ८ लाख ६७ हजार ३१२ रुपैयाँ पुगेको हो । यसको मुद्दति निक्षेपमा १५ करोड रुपैयाँ रहेको छ ।