महिला सहयात्रा लघुवित्तले घरेलु लघुवित्तलाई प्राप्ति गर्ने


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
महिला सहयात्रा लघुवित्तले घरेलु लघुवित्तलाई प्राप्ति गर्ने

फागुन ११, काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले र घरेलु लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न हस्ताक्षर भएको छ । सो सम्बन्धि सम्झौता(एमओयू) मा आइतवार दुई कम्पनीबीच हस्ताक्षर भएको हो ।

मकवानपुर जिल्लाको चित्लाङमा  केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको रू.१२ करोड १० लाख चुक्तापूँजी रहेको  छ भने  २१ जिल्लामा ३४ शाखा सञ्जाल रहेको छ ।
 त्यसैगरी काभ्रेको बनेपा- ८ मा  केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्थाको चुक्तापूँजी रू.७ करोड रहेको  छ । ११ जिल्लामा १३ ओटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको  उक्त कम्पनीले हालसम्म सर्वसाधारणलाई शेयर वितरण गरेको छैन । 

प्राप्तिपछि कम्पनीको नाम महिला सहयात्रा घरेलु वित्तीय संस्था रहने छ भने चुक्तापूँजी  रू. २० करोड पुग्ने छ ।

Read More
  • EBL