बीमालेख धितोमा ३९ अर्ब ६० करोड कर्जा लगानी,करीव दुई अर्ब आम्दानी


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
बीमालेख धितोमा ३९ अर्ब ६० करोड कर्जा लगानी,करीव दुई अर्ब आम्दानी

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ३९ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । हाल नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुबाट सो बराबरको रकम कर्जा प्रवाह भएकाे छ।

पुस मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १५ अर्ब ७३ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । एलआईसी नेपालले ११ अर्ब ८७ करोड ९३ लाख, नेशनल लाइफले ४ अर्ब ३० करोड २ लाख, एशियन लाइफले १ अर्ब ९२ करोड ३४ लाख, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ६२ करोड ४७ लाख र प्राइम लाइफले १ अर्ब ९ करोड रुपैयाँ बीमालेख धितोमा ऋण परिचालन गरेका छन् ।

यस्तै मेट लाइफ इन्स्योरेन्सले ९३ करोड ६८ लाख, सूर्या लाइफले ६१ करोड २२ लाख, र गुराँस लाइफले ४४ करोड १९ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरेका छन् ।

यता युनियन लाइफले भने पुरानो कम्पनी गुराँस लाइफले भन्दा बढी बीमालेख धितोमा कर्जा लगानी गरेको छ । युनियनले ५० करोड ५२ लाख रुपैयाँ लगानी गरेको हो । यस्तै सन नेपालले १५ करोड ६१ लााख,महालक्ष्मी लाइफले ९ करोड ४१ लाख, आईएमई लाइफले ९ करोड १ लाख, ज्योति लाइफले ७ करोड ६२ लाख, सिटिजन लाइफले ६ करोड ७४ लाख र रिलायन्स लाइफले ६ करोड १० लाख रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरेका छन् ।

Read More
  • EBL