काठमाडौं : एनआरएन लघुवित्त वित्तीय संस्था स्थापनाको छोटो समयमै ४ वटा लघुवित्त संस्थाहरुसँग मर्जर सम्पन्न गरेर सबल बन्ने तयारी गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नरहेको एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई आफूमा समाहित गरेर गत भदौदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ । अझै मजबुत बन्नको लागि कम्पनीले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई गाभ्ने तयारी गरेको छ ।
यो प्रस्ताव पारित गर्न एनआरएनले फागुन १६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । सभामा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्ने र मर्जसम्बन्धी हालसम्म भएका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछन् । सभा, होटल साथी प्रालि, धनगढी कैलालीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।