सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको २ दिने धितो मुल्यांकन तालिम सम्पन्न ।



Financial Notices

सपोर्ट माइक्रोफाइनान्सले मिति २०७६ फाल्गुन ४ र ५ गते अर्घ वार्षिक समिक्षा गोठि तथा धितो मुल्यांकन तालिम सम्पन्न गरेको छ । संस्थाको केन्द्रीय कार्यालय ईटहरी–१ आयोजित उक्त कार्यक्रममा ई. कुमार तिम्सीना ज्यूले धितो कर्जा लगानी गर्दा नक्सा अनुसार जग्गाको मापन कसरी गर्ने, धितोका रुपमा ग्राहक सदस्यले दिएको नक्साका आधारमा जग्गा एकिन कसरी गर्ने, धितो कर्जाको मुल्यांकन लगायतका बारेमा जानकारी गराउनुभयो । 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सीना, सञ्चालन, अनुपालना तथा कर्जा विभागका विभागिय प्रमुख बिष्णुकान्त चौधरी, आन्तरिक लेखा परिक्षण विभागका विभागिय प्रमुख खगेन्द्र तिम्सीना, साथै लेखा तथा सुचना प्रविधि विभाग बाट राजेन्द्र पहाडी, सुस्मिता गौतम, आन्तरिक लेखा परिक्षण विभागका डिल्लीराम पोखरेल, योजना तथा अनुगमन विभागका सोकेन्द्र कुमार राय, ललिता चौधरी, जनशक्ति विकाश तथा सामान्य सेवा विभागका सजुमा खनाल तथा सुचना प्रविधि विभागका रिशभ मल्ल ठकुरी द्वारा संस्थाको अर्ध वार्षिक लक्ष्य प्रगती, भाखा नाघेको कर्जा विषयमा छलफल गरीएको थियो ।

Read More
  • Financial Notices