एभरेष्ट बैंकको लूट : ब्याजदर घटाउन ग्राहकसँग थप सर्भिस चार्ज !


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एभरेष्ट बैंकको लूट : ब्याजदर घटाउन ग्राहकसँग थप सर्भिस चार्ज !

काठमाडौँ । यतिबेला बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र लगानीयोग्य पुँजीका कारण ब्याजदरका कमी आइरहेको छ ।  पहिले बैंकबाट ऋण लिँदा ग्राहकसँग गरिएको सम्झौताभन्दा पनि धेरै महङ्गो बनाएर ब्याजदर कायम गरिरहेका थिए । तर पछिल्लो समय ब्याजदर घटेको भएपनि अधिकांश बैंकले ऋणीसँग लिइरहेको ब्याजदर भने घटाएका छैनन् ।  

बरु ग्राहक आफैले निवेदन दिएर ब्याजदर घटाइदिन आग्रह गर्दा पनि बैंकले ब्याजदर घटाउने भए सर्भिस चार्ज तिर्न उर्दी जारी गरेको छ । 

रातोपाटीलाई प्राप्त एक ग्राहकको ऋणसम्बन्धी कागजात हेर्ने हो भने २०७५ को वैशाखमा ऋण लिँदा सुरुमा १२ दशमलव ५२ प्रतिशत ब्याज लिने गरी सहमति गरिएको थियो । तर जब कागजात तयार भयो, त्यतिबेला ऋण लिँदा १२ दशमलब ६८ प्रतिशत ब्याजदर लिने गरी सहमति गरियो । 

Read More
  • MBL