कालिका लघुवित्तको शेयर कारोबार फुकुवा


  • kbl Ad
  • Nabil Ad
  • CITY EXPRESS
कालिका लघुवित्तको शेयर कारोबार फुकुवा

फागुन ५, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको रोक्का रहेको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले फुकुवा गरेको छ । 

नेप्सेले जनसेवी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रयोजनका लागि रोकिएको शेयर कारोबार मर्जरपछि कायम शेयर सूचीकरण भएपछि फुकुवा गरेको हो । 

कम्पनीले साविक जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जरगर्दा कायम हुन आएको १४ लाख ४३ हजार ३०० कित्ता शेयर कारोबार हुन सक्ने गरी सूचीकृत गरिसकेको छ । 

यसअघि कम्पनीको १० लाख ८० हजार कित्ता शेयर सूचीकृत रहेकोमा थप कित्तासहित कुल सूचीकृत शेयर २५ लाख २३ हजार ३०० कित्ता पुगेको छ । 

यी दुई कम्पनीविच एकीकृत कारोबार गत पुस २३ गतेदेखि शुरु भएको हो ।

Read More
  • EBL
  • NMB