ऋणपत्र जारी गर्नको लागि बैंक अफ काठमाण्डू र प्रभु बैंकको सेबोनमा निवेदन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ऋणपत्र जारी गर्नको लागि बैंक अफ काठमाण्डू र प्रभु बैंकको सेबोनमा निवेदन

फागुन २, काठमाडौं । बैंक अफ काठमाण्डू र प्रभु बैंकले ऋणपत्र जारी गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बैंक अफ काठमाण्डूले माघ १६ गते र प्रभु बैंकले माघ २२ गते ऋणपत्र जारी गर्न निवेदन दिएका हुन् । 

बैंक अफ काठमाण्डूले १६ लाख कित्ता ऋणपत्र जारी गर्न निवेदन दिएको हो । सो मध्ये ६ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि र ९ लाख ६० हजार कित्ता ऋणपत्र निजी संघ संस्थालाई विक्री गर्नेछ । कम्पनीले १० दशमलव २५ प्रतिशत ब्याजदरमा वि.सं २०८६ सम्मको लागि ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो । 

प्रभु बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्ष (वि.सं २०८४) सम्मको लागि २० लाख कित्ता ऋणपत्र जारी गर्न निवेदन दिएको हो । २० लाख कित्ता ऋणपत्रमध्ये कम्पनीले ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १२ लाख कित्ता निजी संघ संस्थालाई विक्री गर्नेछ । यी दुवै कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  

Read More
  • MBL