मुलुकमा अनाैपचारिक अर्थतन्त्र फस्टायाे, बैंक व्याज भन्दा सयकडा तीनको कारोबार बढ्यो


Mero Lagani 2076-11-2


Mero Lagani

मुलुकमा अैापचािरक अर्थतन्त्र (फरमल इकोनमी) भन्दा अनाैपचारिक अर्थतन्त्र (इनफर्मल इकोनोमी)ले जरा गाड्दै गएको छ । राज्यका निकायहरूले दिने तथ्याङ्कहरू वास्तविक अवस्थासँग मेल खाँदैन । राज्यले एकै पटक कसिलो नीति अघि सारेपछि अनाैपचारिक अर्थतन्त्रले प्रश्रय पाएको हो ।

 

यति बेला मुलुकमा औपचारिक आर्थिक गतिविधि भन्दा अनौपचारिक गतिविधि बढ्न थालेको तथ्याङ्कहरुको अध्ययनले देखाएको हो ।केन्द्रीय बैंकले प्रकाशित गरेको पाँच महिनाको तथ्याङ्कमा हालको अवस्था मेल नखाने धेरै आधारहरू देखिएका छन् । जसले अनौपचारिक आर्थिक गतिविधि बढेको देखिएको हो ।

पाँच महिनाको तथ्याङ्कमा विप्रेषण प्रवाह जम्मा ०.१ प्रतिशतले बढेको छ जवकि वैदेशिक रोजगारीमा जानेको संख्या ११.८ प्रतिशतले बढेको छ । आयात घटेको छ तर उपभोग उल्लेख्य घटेको छैन । निक्षेपको वृद्धिदर र ऋणको वृद्धि असाध्यै न्यून छ । व्यक्तिगत ऋण लिने प्रवृत्ति बढ्दो देखिएको छ । यिनीहरूको एक आपसमा तालमेल मिलेको छैन । यसले अनाैपचारिक अार्थिक गतिबिधि असाध्यै बढ्दै गएको एक बैंकरले बताए ।

गएको पाँच महिनामा विप्रेषण अप्रबाह ०.१ प्रतिशतले मात्रै बढेर तीन सय ७६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा अघिल्लो वर्ष यो दर ३१.९ प्रतिशतले बढेको थियो। तर अमेरिकी डलरकाे घटवढले पनि केही असर भने पारेकाे छ ।

यता विदेश जाने मानिस घटेका छैनन् बरु बढेकै छन् । तर उनीहरू गए अनुपातमा विप्रेषणको अनुपात भने बढेको छैन । गएको पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ११.८ प्रतिशतले बढेको छ । तर औपचारिक रूपमा विदेश जानेको संख्य बढेको भए पनि त्यस अनुपातमा पैसा भने भित्रिएको छैन ।गएको पाँच महिनामा औपचारिक रूपमा विदेशबाट चार सय २५ अर्ब ३६ करोड रुपैयाँ भित्रिएको छ ।यो भनेको ०.८ प्रतिशतको मात्रै वृद्धि हो 

Read More
  • Financial Notices