सिभिल बैंकको १०७औं शाखा जितपुरमा



Rato Pati

सिमरा– सिभिल बैंकको १०७औं शाखा जितपुरमा संचालनमा आएको छ । बैंक शाखाको नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरे ।

देशकै विकासोन्मुख शहरहरु मध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिक्रम थापाले देशको आर्थिक विकास बैंकहरुको सहभागिता बीना हुन नसकिने भएकोले सिभिल बैंकको जीतपुरमा शाखा बिस्तार हुँदा यस क्षेत्रको बित्तीय गतिबिधिमा टेवा पुग्ने बताए ।
    
उक्त कार्यक्रमका विशिष्ट अतिथि जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खुलेकोमा खुसी व्यक्त गर्दै बैंक प्रति कृतज्ञता ज्ञापन गरे । साथै सिभिल बैंकले  यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्याउने कुरामा विश्वास व्यक्त गरे ।

Read More
  • Financial Notices