सिभिल बैंकको खराब कर्जा अनुपातमा चमत्कारी सुधार



Bizshala

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा चमत्कारी सुधार गरेको छ ।

बैंकद्वारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ०.८५ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा अनुपात ३.५४ प्रतिशत रहेकोमा समीक्षा अवधिमा घटेर २.६९ प्रतिशतमा झरेको हो ।

यसैगरी समीक्षा अवधिमा बैंकको कस्ट अफ फन्ड ८.१९ प्रतिशत रहेको छ । गत वर्ष यही अवधिसम्म कस्ट अफ फन्ड ८.२० प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा बैंकको आधार दर पनि ०.३६ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिसम्म ११.३१ प्रतिशत रहेको आधार दर घटाएर समीक्षा अवधिमा १०.९५ पुर्याइएको छ । 

उता व्यवसाय विस्तारमा पनि सिभिल बैंक निकै आक्रामक देखिएको छ । समीक्षा अवधिको ६ महिनामै बैंकले देशभर ३१ वटा नयाँ शाखा थप्न सफल भएको छ । यीसँगै बैंकको शाखा संख्या १०२ पुगेको छ । गत वर्षको यही अवधिसम्म बैंकको ७१ वटामात्र शाखा रहेका थिए । 

Read More
  • Financial Notices