गरिमा विकास बैंकको नाफामा १०% वृद्धि


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
गरिमा विकास बैंकको नाफामा १०% वृद्धि

माघ २६, काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा गरिमा विकास बैंकको नाफा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. ३२ करोड ५३ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. २९ करोड ५८ लाख नाफा कमाएको थियो । 

कम्पनीले यस वर्ष शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनस शेयर दिएको हो । चुक्तापूँजी रू. ३ अर्ब २३ करोड भएको कम्पनीले रू. ६२ करोड ७४ लाख जगेडा कोषमा छुट्याएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको रू. ३३ अर्ब ७३ करोड निक्षेप संकलन भएको छ भने रू. ३३ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ । वितरणयोग्य नाफा रू. २१ करोड छ । प्रतिशेयर आम्दानी रू. २० दशमलव ०७, मूल्य आम्दानी अनुपात ११ दशमलव २६, तरलता अनुपात २१ दशमलव ३५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ३४ रहेको छ । 

Read More
  • MBL