सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबीच सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका वडा नं.१३, भैरहवा, रुपन्देही ंस्थित मौर्या होटेल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

 सम्झौता अनुसार बैंैकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक विशाल गुप्ता र मौर्या होटेल प्रा.लि. ब्यावस्थापकीय संचालक राम बहादुर कोइरीले हस्ताक्षर गरेका थिए । 

Read More
  • MBL