एसबीआई बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एसबीआई बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

 काठमाडौं : नेपाल एसबीआई बैंकले आर्थिक वर्षको पुससम्ममा १ अर्ब ७ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा २.१५% ले कम हो । गत वर्ष बैंकले १ अर्ब २ करोड २७ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफामा पनि असर परेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ३.९५% र १.०८% ले घटेको छ ।

गत वर्ष २ अर्ब १८ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको एसबीआईको यो त्रैमासमा घटेर २ अर्ब १० करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन नाफा पनि १ अर्ब ४२ करोड ८८ लाख रुपैयाँबाट घटेर १ अर्ब ४१ करोड ३४ लाखमा झरेको छ । त्रैमाससम्ममा ७३ करोड ६६ लाख ५५ हजार रुपैयाँ रुपैयाँ वितरण योग्य मुनाफा कमाएको छ ।
 
पुस मसान्तसम्म यसले १ खर्ब ४ अर्ब ६४ करोड निक्षेप संकललन गरी ९४ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ४ अर्ब १० करोड ५१ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५२ पैसा घटेर २३ रुपैयाँ ६९ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ४० पैसा छ ।

Read More
  • MBL