मेरोमाइक्रो फाइनान्सको एक दिने स्वास्थ्य शिविर



Aarthik News

सिरहा  । सिरहा जिल्लाको सितापुर पत्तारी गाँउपालिका वडा नं ६ सितापुर बजारमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय सितापुर, नेपाल नेत्रज्योति संघ, सगरमाथा आखाँ अस्पताल लहान, रेन ड्रोप नेपाल सितापुर, रामजानी बोडिगं स्कुल सितापुरको सयुक्त आयोजनामा भएको एक दिने शिविरमा चार सय २० भन्दा बढीले आखा तथा कान चेकजाच गरिएको मेरोमाइक्रोफाइनान्सका अनुगमन अधिकृत सागर भण्डारीले जानकारी दिए । 

गरिब तथा विपन्न बर्गलाई लक्षित गरी संचालन गरिएको शिबिरमा आखा तथा कान उपचारका लागि जाच गरिएको हो । बालबालिका देखि बृद्धबृद्धाहरु समेत सहभागि शिविरमा २०० भन्दा बढी मोतियाबिन्दु देखा परेको जनाइएको छ । शिविरमा पहिचान भएका मोतियाविन्दु प्रभावितहरुलाई सगरमाथा आखाँ अस्पताल लहानमा निशुल्क शल्यक्रिया गरिने मेरोमाइक्रोफाइनान्सका शाखा अधिकृत रामकेश्वर पंडितले बताए । शनिबार भएको उक्त शिविरमा सहयोगि संस्थाहरु ड्रोप नेपाल सितापुर, रामजानी बोडिगं स्कुल सितापुरको फाउन्डर नन्द किशोर यादब, वडा नं. ६ वडाध्यक्ष, स्थानिय निकायको प्रतिनिधिहरुको उपस्थित रहेको थियो । 

Read More
  • Financial Notices