प्रभु इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश पारित



Online Khabar

२६ माघ, काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । इन्स्योरेन्सको माघ २४ गते शुक्रबार सम्पन्न २४ औँ वार्षिक साधारण सभाले १६.३२ प्रतिशत लाभांश पारित गरेको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक प्रतिवेदन पारित गरी कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर तथा कर सहित ११.३२ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।

साधारण सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पूँजी बृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको जानकारी गराए ।

ग्राहकहरुलाई आवश्यक सेवाहरु छिटो छरितो ढंंगले प्रदान गर्दै सरकार तथा नियमनकारी निकायले लिएको नीति अनुरुप बीमा क्षेत्रमा टेवा पुर्याउन कम्पनी प्रतिवद्ध रहेको बताए ।

Read More
  • Sunrise Bank