सिटिजन बैंकको ‘सिटिजन्स स्मार्ट बचतखाता’ संचालन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन बैंकको ‘सिटिजन्स स्मार्ट बचतखाता’ संचालन

सिटिजन्स बैंकले ‘सिटिजन्स स्मार्ट बचत खाता’ संचालन गरेको छ।

यो योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले खाता बैंकको कुनैपनि शाखामार्फत शुन्य मौज्दातमा खोल्न पाउने भएका छन्।

निःशूल्क अन्तर शाखा कारोबार (एबिबिएस) अनलाइन कारोवार गर्न सुरक्षित थ्रिडी सेक्युअर प्रविधिमा ग्राहकाई निःशूल्क दर्ता तथा निःशूल्क डिम्याट खाता खोल्न पाउने सुविधा छ।

ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ र मोबाइल बैकिङमा प्रत्येक बर्षको वार्षिक शूल्कमा ५० प्रतिशत छुट पाउँनेछन्। यस खाताबाहकहरुले जुनसुकै एटिएमबाट पैसा निकाल्दा शूल्क लाग्ने छैन।

दैनिक मौज्दातमा ६ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको बैंकले जानकारी दिएको छ। यस निक्षेप योजनाबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

बैंकले ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

Read More
  • EBL Ad news