साना किसान विकास लघुवित्तका सदस्यलाई उद्यमशिलता तालिम



Aarthik Abhiyan

माघ २२, वीरेन्द्रनगर । साना किसान कृषि सहकारी संस्थाका सदस्यहरुलाई हालै उद्यमशिलता विकास तालिम प्रदान गरिएको छ । साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो । 

साना किसान कृषि सहकारीमा आवद्ध सदस्यहरुको जिवीकोपार्जनमा सहयोग पुरयाउन तथा व्यवसायमा सुधार ल्याउने उद्देष्यले तालिमको आयोजना गरिएको आयोजक कम्पनीले बताएको छ । 

साना किसान कृषि  सहकारीका सदस्यहरुलाई व्यावसायिक रुपमा उत्पादनमा जोड्नका लागि तालिम प्रदान गरिएको साना किसान विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय वीरेन्द्रनगर, सुर्खेतका प्रवन्धक दोर्ण राज घिमिरेले वताए । 

उनले सहकारीवाट ऋण लिएर मात्र नहुने भन्दै व्यवसाय विस्तार गराउन उद्यमशितला ज्ञानको आवश्यकता पर्ने वताए ।

उक्त तालिम कर्णाली प्रदेशका कालिकोट र दैलेख जिल्लामा सञ्चालन गरिएको छ । कालिकोटमा ३५ र दैलेखमा ३१ जनाको सहभागिता रहेको  उनले बताए । प्रदेशका अन्य जिल्लामा समेत तालिमको सञ्चालन गरिने उक्त कम्पनीले बताएको छ । 

Read More
  • Financial Notices