नेपालका बैंक मार्फत फेसबुक र गुगलमा विज्ञापन, युट्युबबाट पैसा लिन गाह्रो नहुने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालका बैंक मार्फत फेसबुक र गुगलमा विज्ञापन, युट्युबबाट पैसा लिन गाह्रो नहुने

नेपाल राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक संजाल र इन्टरनेटको माध्यमबाट विदेशमा हुने भुक्तानीलाई औपचारिक माध्यमबाट गर्ने व्यवस्था मिलाउने भएको छ। फेसबुकको बिज्ञापन लगायतका माध्यमबाट बिदेशमा रकम पठाउने र विदेशबाट प्राप्त गर्ने कार्य गैरकानुनी भएकाले यस्तो कार्य बैंक मार्फत हुने व्यवस्था मिलाउन लागिएको राष्ट्र बैंकले जनाएको छ। 

फेसबुक लगायतका सामाजिक संजाल तथा इन्टरनेटको माध्यमबाट बिज्ञापन गर्न पाइन्छ वा पाइदैन भन्ने बिषय राष्ट्र बैंकको अधिकार क्षेत्रको नभएको तर विदेशमा हुने भुक्तानी र प्राप्ति गर्ने कार्य औपचारिक माध्यमबाट नै हुनुपर्ने राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बिजपाटीलाई बताए।

"फेसबुक, गुगलबाट बिज्ञापन तथा प्रचार प्रसार गर्दा विदेशमा रकम भुक्तानी गर्ने कार्य अनौपचारिक माध्यमबाट भयो, यसले गर्दा अनौपचारिक कारोबार फस्टायो र औपचारिक च्यानलबाट भित्रिने रेमिट्यान्समा प्रभाव पर्यो" प्रवक्ता भट्टले भने, "हिजो अनौपचारिक माध्यमबाट यस्तो कार्य भयो जुन गैरकानुनी थियो, अब बैंकमा गैर प्रयोजन खुलाएर नेपालका बैंकिङ प्रणाली मार्फत यस्तो भुक्तानी तथा प्राप्ति हुनुपर्यो।' 

प्रवक्ता भट्टकाअनुसार प्रयोजन खुलाएर नेपालका बैंक मार्फत भुक्तानी गर्नुपर्यो तर यसका लागि अलग्गै डलर खाताको आवश्यक पर्दैन। फेसबुकको इन्स्ट्यान्ट आर्टिकल र गुगल तथा युट्युबको एडसेन्स मार्फत प्राप्त हुने आम्दानी बैंकिङ प्रणाली मार्फत नै भएको छ भने पनि त्यसमा केहि प्रभाव पर्ने छैन। 

उनकाअनुसार तीन हजारसम्मको भुक्तानी बैंकबाटै, १० हजार रुपैयाँसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा बैंकबाट र त्यो भन्दा माथिको भुक्तानीका लागि राष्ट्र बैंकको सिफारिस आवश्यक पर्छ। यद्दपी बैंकिङ प्रणाली मार्फत भुक्तानी र प्राप्ति गर्ने कार्यमा थप सहज हुने गरि राष्ट्र बैंकले काम गर्ने उनले बताए।

...

Read More
  • EBL Ad news