२० वर्षपछि पुनर्स्थापना भयो बैंक


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
२० वर्षपछि पुनर्स्थापना भयो बैंक

प्युठान : स्वर्गद्वारी नगरपालिकामा २० वर्षपछि बैंक पुनःस्थापना भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड नहुँदा यस क्षेत्रका स्थानीय सदरमुकाम खलंगा र बिजुवार धाउनुपर्ने बाध्यता थियो। पुसदेखि बैंक घरदैलोमै सञ्चालनमा आएपछि स्थानीयलाई सहजता आएको हो। ‘गुमेको बैंक फेरि आउला भन्ने सोचेका थिएनौं’,भिंगृका स्थानीय व्यवसायी बद्रीप्रसाद श्रेष्ठले भने, ‘फेरि स्थापना भएपछि खुसी लागेको छ।’ सरकारी बैंकबाट सस्तो ब्याजदरमा ऋण लिन सकिने र सरकारले बैंकिङ क्षेत्रमा दिने सेवा सुविधाको बारेमा जानकारी लिन धेरै सहजता आएको सुनाए।

पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी जाने प्रवेशद्वार नजिकै बैंक सञ्चालनमा छ। स्वर्गद्वारी दर्शन गर्न पुग्ने तीर्थयात्रीलाई समेत बैंकले सहजता बनाएको छ। स्वर्गद्वारीमा दैनिक सयौंको संख्यामा तीर्थयात्री पुग्छन्। राजस्व संकलन, रेमिट्यान्स, कर्जा प्रवाह र बचतको क्षेत्रमा बैंकले सेवा दिँदै आइरहेको शाखा प्रबन्धक कपिलराज ज्ञवालीले जानकारी गराए।

Read More
  • EBL Ad news