कुमारी बैंकको डिबेन्चरमा १ लाख कित्ता बढी आवेदन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारी बैंकको डिबेन्चरमा  १ लाख कित्ता बढी आवेदन

कुमारी बैंकको डिबेन्चरमा मागभन्दा १ लाख कित्ता बढी आवेदन परेको छ । ऋणपत्रमा सर्वसाधारणले १ अर्ब ३० करोड रुपैयाँबराबरको १३ लाख कित्ताका लागि आवेदन हालेको बैंकले जानकारी दिएको छ ।

 बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको ३० लाख कित्ता बिक्री गरेको हो । बैंकले १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्दा मागभन्दा बढी आवेदन परेको छ । बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गरिसकेको छ । बैंकले १० वर्ष भुक्तानी अवधिसहित वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गरेको थियो । ऋणपत्रको ब्याज भुक्तानी हरेक साउन १ र माघ १ मा हुनेछ । सावाँ भने ०८६ मा एकमुष्ट फिर्ता हुने बैंकले जनाएको छ । 

Read More
  • MBL