महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पतालमा उपकरण जडान



Rajdhani Dainik

काठमाडौं ।  महालक्ष्मी विकास बैंकको कालिमाटी शाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ ।

उक्तउपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहका बीच समारोहका प्रमुख अतिथि तथा माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरेका थिए ।

अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवालाई सरुवा रोग सर्न सक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्यूनीकरण गर्ने उद्देश्यसहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो । देशका १०२ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा शुक्रराज अस्पतालसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Read More
  • Financial Notices