सूर्योदय लघुवित्तसँग मर्जर प्रकृयामा रहेको त्रिलोकले गर्यो यस्तो चमत्कार


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सूर्योदय लघुवित्तसँग मर्जर प्रकृयामा रहेको त्रिलोकले गर्यो यस्तो चमत्कार

काठमाडौं :सूर्योदय लघुवित्तसँग मर्जरको सम्झौता गरेको त्रिलोक लघुवित्तले चालु आर्थिक वर्षको पुस मसान्तसम्म उल्लेख्य नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा नाफा ४७३.६५% ले बढाएर १ करोड ५७ लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष त्रिलोकले २७ लाख ५२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।  


कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४७८.६३% र ८००% ले बढेपछि नाफा ह्वात्तै बढेको हो । गत वर्ष ५५ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले पुस मसान्तसम्म बढाएर ३ करोड २३ लाख पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि २७ लाख ५४ हजार रुपैयाँबाट बढेर २ करोड ४७ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ । 

Read More
  • MBL