समस्या ग्रस्तबाट फुकुवा भएको समृद्धि फाइनान्स घाटामा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
समस्या ग्रस्तबाट फुकुवा भएको समृद्धि फाइनान्स घाटामा

माघ १५, काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा समृद्धि फाइनान्स रू. ८७ लाख घाटामा रहेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ३२ लाख ६० हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । 

कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख छ । रिजर्भ कोषमा रू. २२ करोड ९८ लाख छुट्याएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ११ करोड ८३ लाख निक्षेप संकलन भएको छ भने रू. ६ लाख २ हजार कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी रू. (९ दशमलव ६६), मूल्य आम्दानी अनुपात (१० दशमलव ५६) तरलता अनुपात १४४ दशमलव १३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ४९ दशमलव ६३ छ । कम्पनी २०७६ साउन १५ गतेदेखि समस्या ग्रस्तबाट फुकुवा भई कारोबार शुरु गरेको हो ।  

Read More
  • MBL