सिभिल बैंकले गण्डकी प्रदेशमा स्थापना गर्यो कार्यालय


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल बैंकले गण्डकी प्रदेशमा स्थापना गर्यो कार्यालय

पोखरा– सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । बैंकको शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री माननिय पृथ्वी सुब्बा गुरुङले गरेका छन् ।  उद्घाटन कार्यक्रमका मुख्य मन्त्री गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम सिभिल बैंकले प्रदेश कार्यालय तथा शिव चोक शाखा गण्डकी प्रदेशको पोखरा शिव चोकमा स्थापना गरी बैंकिङ कारोवार संचालन गरेकोमा खुशी व्यक्त गरे । बैंकको उपस्थितिविना “समृद्ध नेपाल, सुखी नेपाली” हुन नसक्ने र शिवचोक शाखाले यस क्षेत्रको वित्तीय गतिविधिलाई बढावा दिने विश्वास व्यक्त गरे ।

Read More
  • MBL