नेप्से सूचक मंगलबार ५.५२ अंकले बढेर १३०६.१५ विन्दुमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेप्से सूचक मंगलबार ५.५२ अंकले बढेर १३०६.१५ विन्दुमा


नेप्से सूचक मंगलबार ५.५२ अंकले बढेर १३०६.१५ विन्दुमा अडिएको छ । १७८ कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । ३७ लाख ३९ हजार ३९७ कित्ता सेयर खरिदबिक्री भएका छन् । यस दिन ४ वटा समूहका सूचक घटेका छन् भने बाँकी सबै बढेका हुन् । जीवन तथा निर्जीवन बिमा समूह र लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ । सबैभन्दा धेरै जीवन बिमा समूह १५९.२८ अंकले बढेको छ ।
 
खरिदबिक्री रकममा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । यसको ९ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नेको इन्सुरेन्स परेका छन् । यस दिन सबैभन्दा धेरै शिखर इन्सुरेन्सका लगानीकर्ताले ८% का दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका लगानीकर्ता छन् । यसको भाउ ४.३४% ले घटेको हो ।

 

Read More
  • MBL